२०८० मंसिर १९ गते | 5th of December 2023

कोरोनाका नयाँ संक्रमित फेला परेपछि चीनमा लकडाउन

कोरोनाका नयाँ संक्रमित फेला परेपछि चीनमा लकडाउन
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ९ गते १०:०९

एजेन्सी । चीनमा ४० लाख जनसंख्या रहेको चिनियाँ सहर लान्झोउमा कोरोनाका नयाँ संक्रमित फेला परेपछि लकडाउन गरिएको छ ।

सोमबार मात्रै २९ जना कोरोनाका नयाँ संक्रमित फेला परेपछि गाङ्सू प्रान्तको राजधानी लान्झोउमा मंगलबारदेखि लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

लकडाउन गरिएको क्षेत्रमा स्थानीयलाई आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्किन भनिएको छ ।

घरेलु संक्रमणको दर बढ्न थालेपछि लान्झोउमा लकडाउन गरिएको समाचारमा उल्लेख छ ।

लान्झोउका अधिकारीले विज्ञप्ति जारी गर्दै शहरका बासिन्दाको आवतजावतमा कडाइ गरिने र अत्यावश्यक वस्तु किनमेल वा स्वास्थ्य उपचारका लागि मात्रै घरबाहिर निस्किन पाइने बताएका छन् ।

‘चीनमा कोरोनाको ताजा संक्रमणलाई डेल्टा भेरियन्टसँग जोडेर हेरिएको छ । परीक्षण बढाउँदै जाँदा संक्रमितको संख्या पनि बढ्न सक्ने भन्दै अधिकारीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *