२०८० मंसिर १८ गते | 4th of December 2023

उपत्यकामा कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाइँदै

उपत्यकामा कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाइँदै
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ९ गते १०:२१

काठमाडौं । कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप आजदेखि लागइदैंछ ।

काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहलाई दोस्रो मात्रा आजबाट दिन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका अन्र्तगत नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप दिइनेछ ।

यी अस्पतालमा दुई दिनसम्म खोप दिइने छ ।

त्यस्तै, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका खोप केन्द्रहरुमा आजदेखि तीन दिनसम्म खोप अभियान सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *