२०८० मंसिर १५ गते | 1st of December 2023

सुडानमा सरकार विघटन

सुडानमा सरकार विघटन
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ९ गते १०:२७

एजेन्सी । सुडानमा सरकार विघटन गर्दै राजनीतिक नेताहरूलाई गिरफ्तार गरेपछि सर्वसाधारण विद्रोहमा उत्रिएकाछन् ।

सुडानको सेनाका प्रमुख जनरलले गैरसैनिक सरकार विघटन गर्दै राजनीतिक नेताहरूलाई गिरफ्तार गरी सङ्कटकालको घोषणा गरेपछि सर्वसाधारण विद्रोहमा उत्रिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।

यसअघि सोमबार देशका अन्तरिम प्रधानमन्त्री तथा सरकारका मन्त्रिपरिषद्का सबै सदस्यलाई पक्राउ गरिएको थियो ।

यसपछि आन्दोलनले चर्को रुप लिएपछि सुरक्षा बलले आन्दोलनकारीमाथि गोली चलाएको जनाइएको छ ।

सैनिक र सडक प्रदर्शनकारीहरू बीचको झडपमा गोली चल्दा सात जनाको मृत्यु भएको र १४० जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

लामो समय सुडानमा शासन गरेका ओमार अल–बशिरको सरकार अपदस्थ भएर दुई वर्षअघि सङ्क्रमणकालीन सरकार बनेपछि त्यहाँ सेना र गैरसैनिक नेताहरूबीच द्वन्द्व चर्किएको बीबीसीले जनाएको छ ।

एक टेलिभिजन सम्बोधनमा, सुडानी सेनाका जनरल अब्देल–फताह बुरहानले देशको शासक सार्वभौम परिषद भंग भएको बताउदै प्रधानमन्त्री अब्दुल्ला हमडोकको नेतृत्वमा रहेको सरकार पनि खारेज भएको बताए ।

उनले राजनीतिक गुटभित्रको द्वन्द्वका कारण सत्ता सेनाले आफ्नो हातमा लिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *