नेप्से तीन दिनमा करिब २ सय अंंकले बढ्यो

नेप्से तीन दिनमा करिब २ सय अंंकले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८ दशमलव ८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ ।
सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको थियो ।
मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
मंगलबार नेप्सेमा २२७ कम्पनीको ११ करोड चार लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।
सोमबार चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको थियो ।
कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कामना सेवा विकास बैंकको भएको छ ।
यो बैंकको मंगलबार ४४ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ । मंगलबार सबै समूहको सूचकमा हरियाली छाएको छ ।
मंगलबार होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै प्रतिशतले उकालो लागेको छ । सो समूहको सूचकमा सात प्रतिशतभन्दा धेरैको सुधार भएको देखिन्छ ।
मंगलबार कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, १३ कम्पनीको सेयर मुल्य नौ प्रतिशत भन्दा बढीले बढेको छ भने दुई कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
प्रतिक्रिया