काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाएको छ ।
कोरोना भाइरसका कारण वैशाख १६ गतेदेखि रोकिएको आवदेन मंगलबारबाट खोलिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार सेवाग्राहीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
यसअघि पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी २०७७ पुस १४ गतेबाट खुलाएको थियो ।
यससँगै करिब ४ महिनापछि कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।
प्रतिक्रिया