थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल संचालनमा ल्याएर पर्यटन भित्र्याउछौः पर्यटनमन्त्री आलेको

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् ।
मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
नेपाल पर्यटन बोर्डले आज आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल संचालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि सार्वजनिक गरे ।
मन्त्री आलेले आईकाओको कालो सूचिबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताए ।
त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरुको माग अनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको गरेको उहाँले स्पष्ट पारे ।
अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान संचालन गर्ने, पर्यटन प्रवद्र्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाई थियो ।
मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताए ।
कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि बताए ।
प्रतिक्रिया