काठमाडौं । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्न सुझाव दिएका छन् ।
मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुको सुझाव छ ।
सल्लाहकारहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा बचाउन नसकेको, आफ्नै सहकर्मीको विश्वास जित्न नसकेको, न्यायिक विचलन बढेर गएको भन्दै उनले राजीनामा दिनुपर्ने बैठकमा सहभागी अधिवक्ता टीकाराम भट्टराईले बताए ।
तर राजीनामा नदिए बारले दबाबमूलक कार्यक्रम ल्याउन सुझाव दिएको भट्टराईले बताए ।
प्रतिक्रिया