२०८० मंसिर १८ गते | 4th of December 2023

चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य

चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ११ गते ८:३२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रण र खोप वितरणलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य अनुसार खोपको व्यवस्थापन गर्न पनि निर्देशन दिएका हुन ।

देउवाले कोरोना खोपमा कमी नहोस् भनेर विशेष निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले बताए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकमा असोज मसान्तसम्म ३४ प्रतिशत नागरिकले कोरोना खोपको पहिलो डोज र २२ प्रतिशतले दुबै मात्रा लगाइसकेको न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोपका बारेमा अहिलेसम्मको अवस्थाका बारेमा प्रतिवेदन पेश गरेको थियो ।

मन्त्रालयले कोरोना खोप खरिदका बारेमा पनि बैठकमा जानकारी गराएको थियो ।

अमेरिकाबाटै ४० लाख मोडर्ना, थप ४० लाख फाइजर र चीनबाट ४० लाख भेरासेल खोप आउन पाइपलाइनमा रहेको जानकारी स्वास्थ्य मन्त्रालयले गराएको छ ।

अमेरिकाबाट एक लाख डोज फाइजर खोप आइसकेको छ । माल्दिभ्स, क्यानडालगायतका मुलुकबाट पनि नेपालमा कोरोना खोप आउने सरकारको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *