२०८० असोज ७ गते | 24th of September 2023

बागमती प्रदेशमा मन्त्री बनेका नयाँ अनुहारहरु

बागमती प्रदेशमा मन्त्री बनेका नयाँ अनुहारहरु
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ११ गते ९:३४

काठमाडौं । बागमती प्रदेशमा सरकार परिवर्तन भएको छ ।

आज बसेको गठबन्धनको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

गठबन्धनबीच भएको सहमतिअनुसार तत्काल मुख्यमन्त्रीसहित मन्त्रिपरिषदको सदस्य संख्या ४ रहने छ ।

जसअनुसार बिहीबार काँग्रेसका कृष्णलाल भँडेल, नेकपा एकीकृत समाजवादीका कृष्ण खनाल र माओवादी केन्द्रका कुमारी मोक्तानले मन्त्रीको जिम्मेवारी पाउँदैछन् ।

कृष्णलाल भँडेल

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा जन्मेका कृष्णलाल भँडेल हाल नेपाली काँग्रेसको भक्तपुर जिल्लाको पार्टी सदस्य छन् ।

उनी २०३६ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा छन् ।

भक्तपुर निर्वाचन–१ ९क० बाट प्रदेशसभाको सदस्य बनेका उनी २०४८ सालमा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

बाबु मंगललाल भडेल र आमा सेतीमाया भँडेलको कोखबाट जन्मेका हुन् ।

कृष्ण खनाल

बाबु मधुभक्त खनाल र आमा सावित्री खनालको सन्तानको रुपमा २०१८ सालमा जन्मेका कृष्ण खनाल यसअघि बागमती प्रदेशको सामाजिक विकास मन्त्री बनिसकेका छन् ।

उनी २०७८ भदौ २ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री नियुक्त भइ १५ दिन जिम्मेवारी सम्हालेका थिए ।

चितवनको निर्वाचन क्षेत्र नम्बर–१ (ख) बाट प्रदेशसभा सदस्य रहेका खनाल २०३४ सालबाट कोअर्डिनेशन केन्द्रबाट राजनीतिमा आएका हुन् ।

कुमारी मोक्तान

मकवानपुरको तत्कालीन पदमपोखरी गाविस हाल हेटौंडा उपमहानगरपालिका–१३ मा बाबु सानुकान्छा मोक्तान र आमा तिर्थमायाबाट जन्मेकी हुन् ।

उनी मकवानपुरको निर्वाचन क्षेत्र–२ (क) बाट २०७४ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन् ।

द्वन्द्वकालदेखि नै माओवादीमा आवद्ध रहेकी कुमारी मोक्तानको जन्म २०३६ सालमा भएको हो ।

उनी पहिलो संविधानसभा सदस्य पनि हुन् ।

सशस्त्र द्वन्द्वका क्रममा ०५७ सालमा उनले एक वर्ष जेल जीवन बिताएकी २०५८ मा उनी माओवादीको ईलाका इन्चार्ज बनिन् ।

२०५९ मकवानपुर जिल्ला सचिवको जिम्मेवारी प्राप्त गरेकी उनले २०६० सालमा पार्टीको जनसरोकार प्रमुख, २०६१ प्रादेशिक जनसरोकार उपप्रमुख र २०६१ मा क्षेत्रीय ब्युरो सदस्यमा रहेर काम गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *