आज नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।
बिहीबार ३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
बुधबार नेप्से १८ दशमलव ६ अंकले बढेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।
बिहीबार जम्मा पाँच अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो ।
बुधबार सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीले २९ करोड १९ लाख पा“च हजार तीन सय १६ रुपैयाँको कारोबार गरेको छ ।
कारोबार भएका ६ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् । हाइड्रोपावर, माइक्रो फाइनान्स र अन्य समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ भने विकास बैंक, फाइनान्स, निर्जीबन बिमा समूह र लगानी समूहको सूचकमा सुधार आएर हरियो देखिएका छन् ।
यस्तै बा“की सबै समूहको सूचक राताम्मे भएको छ । राता देखिएका सूचकहरूमा शून्यदेखि एक दशमलव १५ प्रतिशतले गिरावट आएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया