पाकिस्तानमा झडप हुँदा आठ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा प्रहरी र प्रदर्शनकारीबिचको झडपमा परि कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको पञ्जाब प्रान्तमा बुधबार कट्टरपन्थी इस्लामवादी समर्थकहरूसँगको झडपमा चार प्रहरीसहित कम्तीमा आठ जनाको मृत्यु भएको भारतिय समाचार संस्था पीटीआईले जनाएको छ ।
झडपमा प्रहरीसहित थुप्रै टीएलपी कार्यकर्ता घाइते भएको जनाइएको छ ।
पाकिस्तानमा इमरान सरकारको टेहरीक–ए–लब्बैक (टीएलपी)सँगको वार्ता निष्कर्षविहीन भएपछि पाकिस्तानको अवस्था तनावपूर्ण बनेको जनाइएको छ ।
इस्लामिक कट्टरपन्थीहरूले इस्लामाबादमा आन्दोलनलाई तिव्रता गर्ने घोषणा गरेका छन्, जसका कारण इमरान सरकारको समस्या बढेको छ ।
इमरान सरकारले पार्टी प्रमुख साद रिजवीलाई रिहा गर्ने साथै फ्रान्सेली राजदूतलाई निष्कासन गर्ने टीएलपी समर्थकहरूको मागलाई अस्वीकार गरेको छ ।
पाकिस्तानका आन्तरिक मन्त्री शेख रसिदले फ्रान्सेली राजदूतलाई निष्कासन गर्ने टीएलपीको माग सरकारले पूरा गर्न नसक्ने बयान दिएका छन् ।
सरकारको अडान देखेर टीएलपीले पनि आन्दोलनलाई तिव्रता दिने घोषणा गरेको छ ।
प्रतिक्रिया