क्यूआर कोर्डको प्रयोगबाट डिजिटल कारोबार गर्न प्रभु बैंक आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोर्डको प्रयोगबाट डिजिटल कारोबार गर्न सबै नागरिकलाई आग्रह गरेका छन् ।
बिहीबार टंगालस्थित भाटभटेनी सुपरमार्केटमा सुरु भएको क्यूआर कोर्ड भुक्तानीको उद्घाटन गर्दै गभर्नर अधिकारीले डिजिटल कारोबारमा भएको बृद्धीले आर्थिक कारोबारलाई सहजतातर्फ धकेलेको बताए ।
देशको आर्थिक गतिबिधिलाई डिजिटलाईजेसन गर्ने मान्यताका साथ क्यूआर भुक्तानी प्रणाली सुरु गरेको प्रभु बैंकका प्रमुख कार्यकारी निर्दशक अशोक शेर्चनले बताए ।
कार्यक्रमलाई संबोधन गर्दै भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले डिजिटल अभियानलाई आफूले सक्दो अघि बढाउने र क्यूआर कोर्ड प्रयोग गर्ने ग्राहकलाई छुट दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रभु बैंकले फोनपेको क्यूआर प्रयोगबाट भाटभटेनी सुपरमार्केटमा डिजिटल कारोबार सुभारम्भ गरेको हो ।
प्रतिक्रिया