बानेश्वरको मुल सडकमा मंगालको वाल भत्किएर बनेको खाल्डो

काठमाडौं । काठमाडौंको बानेश्वरको मुल सडकमा परेको भ्वाङ, मंगालको वाल भत्किएर बनेको खाल्डो भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ ।
सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुग्नुभएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मंगालको भित्ता भत्किएको र पानी धेरै आएकाले भित्री भाग बगाएको हुँदा खाल्डो भएको बताएका छन् ।
प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाए ।
सवारीसाधहरुको चाप धेरै हुने सडक भएकोले तत्काल समस्याको समाधानका लागि पहल भइरहेको बताउँदै आउँदो एक हप्तामै काम सकिने जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत शाक्यले यसअघि मंगाल राम्रोसँग नबनाएकाले यो समस्या आएको भन्दै काम गर्ने ठेकेदार कम्पनीहरुले राम्रोसँग काम गर्नुपर्ने बताए ।
ढलानको काम गर्दा नियमानुसार नगरेको र आ–आफ्नो तरिकाले काम गर्दा यस्तो समस्या झेल्नुपरेको बताए ।
प्रतिक्रिया