२०८० मंसिर १९ गते | 5th of December 2023

नेपाल बार एशोसिएसन परिसरमा दुई अधिवक्ताबीच कुटाकुट

नेपाल बार एशोसिएसन परिसरमा दुई अधिवक्ताबीच कुटाकुट
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १२ गते ८:३९

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा कुटाकुट भएको छ ।

शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कारको विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो ।

कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए ।

प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुर्व्यवहार गरेका थिए ।

‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो ।

पत्रकारहरुसँग कुरा गर्दै चुडालले आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताए । यता न्यौपानेले चाहिं ‘सामान्य विवाद भएको’ भन्दै कुरा मिलिसकेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *