काठमाडौं । नेपाल बार एसोसियसनले विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको बारको बैठकले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेका अनुसार बैठकले विरोधस्वरुप हातमा कालोपट्टि बाँध्ने, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूबाहेकको बेन्च बस्न आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकमा सर्वोच्च अदालत बार, उच्च अदालत पाटन बार, ललितपुर इकाइ र काठमाडौं बारका पदाधिकारीहरुका सहभागीता रहेको थियो ।
प्रतिक्रिया