अब रहेनन् कन्नड सुपरस्टार अभिनेता पुनित राजकुमार

Sanchar_np
प्रकाशित: २०७८ कार्तिक १२ गते १०:४६
एजेन्सी – कन्नड सुपरस्टार अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।
बैंगलुरूस्थित बिक्रम हस्पिटलमा बिहीबार भएको हो ।
जिममा रहेका पुनित अचानक ढलेपछि उनलाई तत्काल हस्पिटल लगिएको थियो । अस्पतालमा ल्याउँदा नै उनको अवस्था बिग्रिसकेको थियो ।
उनको उपचारमा संलग्न डाक्टर रंगनाथ नायकद्वारा जारी स्टेटमेन्ट अनुसार उनलाई छातीमा दुखाइ भएपछि ११ बजेर ३० मिनेटमा अस्पताल पुर्याइएको थियो ।
उनको गत अप्रिलमा युवराथना नामक फिल्म रिलिज भएको थियो । जेम्स नामक उनको फिल्म छायांकन भरहेको छ ।
पुनितको मृत्युको खबर सार्वजनिक भएसँगै कलाकारहरूले सामाजिक संजालमार्फत श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।
शिव राजकुमारका दाई समेत रहेका पुनितले सन् १९७६ बाट बाल कलाकारको रुपमा अभिनय सुरू गरेका थिए ।
प्रतिक्रिया