दुई वर्षपछि पुष्प व्यावसायी शुरुभएपछि व्यावसायीहरु खुशी

काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण विगत दुई वर्ष यता सुनसान रहेको मेला शुरु भएपछि पुष्प व्यावसायीहरु खुशी भएका छन् ।
आजबाट ४ दिनसम्म चल्ने १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै पुष्प व्यावसायीहरु खुशी भएका हुन् । मेलामा ४४ वटा स्टलहरु रहेका छन् ।
२ वर्षपछि मेला हुँदा सबै व्यापारीहरुसँग भेट भएको र अब पुष्प व्यावसाय फस्टाउने प्रदर्शनीमा सहभागी पुष्प व्यावसायी सुमन महर्जनले बताए ।
उनले सयपत्री फूल नेपालमा धेरै उत्पादन भए पनि तिहारमा मात्रै देखिने क्षणिक व्यापारीहरुले भारतबाट आयात गर्दा नेपाली बजारमा फूलै नभइदिएको जस्तो भएको बताए ।
भारतबाट ल्याएर बजारमा सस्तो दरमा बिक्री गरिदिँदा स्वदेशमा उत्पादन भएका फूल र मालाले बजार नपाएको व्यवसायीहरु बताउँछन ।
केही व्यापारीहरुले आन्तरिक फाइदाका लागि भारतबाट फूल आयात गरिरहेको र सरकारले यसलाई रोक्नुपर्ने यावसायी महर्जनले बताए ।
पुष्प व्यवसायी महर्जनले सरकारले भारतबाट जथाभावी फूल आयात गरेर बिक्री गर्नेहरुको निगरानी गरी निरुत्साहीत गरे नेपाली फूलले बजार पाउने छन् ।
काठमाडौं उपत्यकामा रहेका खाली सरकारी जग्गालाई भाडामा पुष्प व्यावसाय गर्न दिनुपर्ने महर्जनको भनाइ छ ।
प्रतिक्रिया