काठमाडौं । पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । भने ११ जनाको मृत्यु भएको छ ।
थप ९११ जना सङ्क्रमणमुक्त भएका छन् ।
७ हजार ९ सय ११ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २९७ र एन्टिजेन विधिबाट ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म कूल सङ्क्रमित मध्ये ७ लाख ९१ हजार २६९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम पुगेको छ । हाल देशभर ९ हजार ५२६ जना सङ्क्रमित रहेका छन् ।
योसँगै मृतकको सङ्ख्या ११ हजार ३९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख ७३ हजार ५९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया