२०८० असोज १३ गते | 30th of September 2023

वर्तमान कांग्रेससंग बिकृतिबाहेक केहि छैनः उपेन्द्र यादव

वर्तमान कांग्रेससंग बिकृतिबाहेक केहि छैनः उपेन्द्र यादव
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १३ गते १३:२१

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस नेतृत्वको सरकारसंग सहकार्य गर्नु निकै कठिन भएको बताएका छन् ।

शनिबार जसपा निकट गैर भौगलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा यादवले बहुदल आएपछिको सवै बिकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउँदै कांग्रेस नेतृत्वको सरकारसंग सहकार्य गर्नु निकै कठिन भएको बताएका हुन् ।

कांग्रेससंग बिकृतिबाहेक केहि नभएको उनले बताए ।

सरकार गठन भएको तीन महिनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएकोे भन्दै तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिइकन आफु निकट व्यक्तिमात्र भर्ति गरेको आरोप लगाए ।

यादवले आफ्नो पार्टीले जनताको पक्षमा अधिकतम काम गर्ने बताए ।
अहिले मुलुकको आर्थिक परिवर्तनका साथै सास्कृति र सामाजिक परिवर्तन जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *