काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने ८ जनाले ज्यान गुमाएका छन् ।
यस्तै ५१८ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको कोरोना परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ भने निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।
संक्रमितमध्ये ७ लाख ९१ हजार ७८७ जना निको भएका छन् ।
संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया