काठमाडौं । स्याउ फार्म अवलोकन गर्न आज राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ जाँदैछिन् ।
राष्ट्रपति भण्डारी मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ भ्राताङस्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लागेकी हुन् ।
यसलाई नेपालकै ठूलो स्याउ फार्म भनिन्छ । एग्रो मनाङ स्याउ फार्म सांसद पाल्देन छोपाङ गुरुङको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गरेर फर्किने कार्यक्रम रहेको छ ।
यस्तै स्रोतका अनुसार बाढी पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिने र प्रभावित क्षेत्रको हवाई निरीक्षण पनि गर्ने जनाएको छ ।
प्रतिक्रिया