२०८० असोज ५ गते | 22nd of September 2023

देउवा र मोदी ग्लास्गोमा भेटवार्ता हुँदै, नेपालसँग चिसीएको सम्बन्ध सुधार हुने अपेक्षा

देउवा र मोदी ग्लास्गोमा भेटवार्ता हुँदै, नेपालसँग चिसीएको सम्बन्ध सुधार हुने अपेक्षा
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १६ गते ८:०३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ ।

सोमबार जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भए पनि द्धिपक्षीय भेटवार्ता भने मंगलबार हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बीचको भेटवार्ता यो चौथो पटक हो । देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा भएको थियो ।

पाँचौं पटक प्रधानमन्त्री भएका देउवालाई एक महिनापछि गत साउन ३ मा संसद्बाट विश्वासको मत लिएपछि मात्र मोदीले फोन गरेर बधाई दिएका थिए ।

देउवा पाँचौंपल्ट प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण स्कटल्यान्डको हो ।

ओली सरकारले ‘चुच्चे नक्सा’ जारी गरेसंगै भारत नेपालसंग चिडिएको छ । देउवा र मोदीको भेटपछि चिसीएको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *