२०८० असोज ५ गते | 22nd of September 2023

मुख्य प्रशिक्षक अल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर

मुख्य प्रशिक्षक अल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १६ गते ८:२३

काठमाडौं । नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेर काम गर्ने भएका छन् ।

नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीका अनुसार १ नोभेम्बरबाट सुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहनेछ ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतारको भेटमा फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।

परीक्षण काल पूरा गरेको भन्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मिलेर फुटबल विकासमा काम गर्न चाहेको बताएका छन् ।

उनmे आफ्नो व्यक्तिगत जीवनलाई लिएर टीकाटिप्पणी नगर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *