प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त, शपथ आजै दिउँसो ३ बजे हुने

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री राईको शपथ आजै दिउँसो ३ बजे हुने भएको छ । राईले चार पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेको बताइएको छ ।
मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको आह्वानलगत्तै पाँच दलीय गठबन्धनबाट नेता राईले ४९ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।
प्रदेश १ मा मुख्यमन्त्रीमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सात मन्त्रालय रहेको छ ।
जसमध्ये कांग्रेस र माओवादी केन्द्रले बढीमा दुई–दुई मन्त्रालय पाउँने सम्भावना छ भने ठूला दलका हैसियतमा उनीहरुले बढीमा दुई मन्त्रालय र अन्य साना दलले एक–एक मन्त्रालय पाउँन सक्ने छन् ।
प्रतिक्रिया