२०८० असोज ७ गते | 24th of September 2023

कर्णाली प्रदेशः जीवनबहादुर शाहीको मुख्यमन्त्रीको शपथ भोली

कर्णाली प्रदेशः जीवनबहादुर शाहीको मुख्यमन्त्रीको शपथ भोली
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १६ गते ९:००

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशका जीवनबहादुर शाहीले बुधबार(भोली) मात्र मुख्यमन्त्रीको शपथ लिने भएका छन् ।

सोमबार महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि जीवनबहादुरले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले उनलाई बुधबार मुख्यमन्त्रीको शपथ खुवाउने कार्यक्रम रहेको सांसद हिमबहादुर शाहीले जानकारी दिएका छन् ।

कलौनीले मंगलबार बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्री दाबी प्रस्तुत गर्ने समय दिएका थिए ।

कांग्रेसका जीवनबहादुर शाहीलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *