२०८० मंसिर १९ गते | 5th of December 2023

कैलालीमा जीपको ठक्करबाट साइकल यात्रुको मृत्यु

कैलालीमा जीपको ठक्करबाट साइकल यात्रुको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १६ गते ११:२३

धनगढी । कैलालीमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

मंगलबार जिल्लाको जानकी गाउँपालिका –१० लम्की टीकापुर सडकखण्डमा लम्कीबाट टीकापुरतर्फ आउँदै गरेको बा १६प ५३४९ नम्बरको जीपले विपरित दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो । ।

जीपको ठक्करबाट गम्भीर घाइते भएकी जानकी गाउँपालिका –५ की ३० वर्षीया अनिता डगौराको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

त्यस्तै, साइकल चलाइरहेका मृतक अनिताका श्रीमान ३५ वर्षीय जोगराम डगौरा र उनका डेढ वर्षीय नाति सुशान डगौराको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ ।

जीप चालक टीकापुर नगरपालिका –५ का २७ वर्षीय दिनेश डगौरा हुन् । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *