काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बिजुली अभाव हुन नदिने बताएका छन् ।
मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हुन् ।
उनले यस वर्षको तिहारमा करिब १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताउँदै आम नागरिक तथा उपभोक्ताहरूलाई ढुक्कसँग विद्युत प्रयोग गर्न आग्रह समेत गरेका छन् ।
घिसिङले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताएका छन् । ट्रान्सफर्मरको समस्या धेरै भएकाले त्यसलाई पनि छिटै समाधान हुने बताए ।
अहिले कुलेखानीको विद्युत खेर गइरहेको बताउँदै प्रशारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताएका हुन् ।
प्रतिक्रिया