कामपाले पर्व लक्षित गरी ६१ व्यापारिक पसलमा अनुगमन

Sanchar_np
प्रकाशित: २०७८ कार्तिक १६ गते १२:१६
काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्व लक्षित गरी ६१ व्यापारिक पसलमा अनुगमन गरेको छ ।
बजार व्यवस्थापनका लागि गरेको १९ दिने बजार अनुगमनका वेला ६१ व्यापारिक पसलमा अनुगमन गरेको हो ।
महानगरपालिकाले यीमध्ये अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई ४ लाख ६० हजार रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।
जरिवाना गराएकामध्ये ७० हजार रुपैयाँ वाणिज्य विभागको खातामा र ३ लाख ९० हजार रुपैयाँ महानगरपालिकाको खातामा जम्मा महानगरपालिकाका महानगरले जनाएको छ ।
आफ्नै निरीक्षण अधिकृत तोक्नुअघि गरिएको जरिवाना वाणिज्यको खातामा र त्यसपछिको जरिवाना महानगरको आफ्नै राजस्व खातामा जम्मा गरिएको हो ।
अनुगमनका क्रममा देखिएको सबैभन्दा बढी समस्या खानेकुरा तयार पार्न प्रयोग गरिने कच्चा बस्तुको गुणस्तरमा रहेको निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले बताए ।
प्रतिक्रिया