नेपाली किसानले लगाएको फूल बारीमै नष्ट, भारतीय फूलले बजारमा कब्जा जमायो

काठमाडौं । भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायी मारमा परेका छन् ।
काठमाडौँको नयाँ सडक क्षेत्रमा अधिकांश भारतीय फूल देखिएको छ ।
भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्रि हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान ब्यापारीले गुनासो गरेका छन् ।
काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको बिक्री धेरै हुने गर्छ ।
कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो ।
फूल बेच्नका लागि काठमाडौंमा छिमेकी जिल्लाहरु नुवाकोट,धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा ब्यापारी आउने गर्छन ।
यतिखेर काठमाडौंको नयाँ सडकमा फूल बेच्ने र किन्नेहरुको अत्याधिक भिडभाड देखिन्छ ।
काठमाडौँ उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा ब्यबसायिक रुपमा फुलको खेति हुने गरेको छ ।
वर्षेनि तिहारको समयमा भारतबाट फूल अत्याधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो किसानहरुको छ ।
यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो ।
बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भए पछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ ।
कोरना संक्रमणको जोखिम कम भएको र मानिसहरुले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो ।
नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको बिभिन्न अध्ययनले देखाएको छ ।
प्रतिक्रिया