काठमाडौं । पछिल्लो २४ घण्टामा ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।
५१८ जना सक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ ।
संक्रमितहरुको संख्या ९ लाख ८ हजार ९१० पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया