थप १८३ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने २ जनाको मृत्यु भएको छ ।
६४९ जना संक्रमणमुक्त भएका छन् ।
२ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ४ हजार ८०४ पुगेको छ ।
भने मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ । ७ लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भएका मन्त्रालयले जानकारी दिएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ जना रहेका छन् ।
जसमध्ये ७ हजार ७६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
प्रतिक्रिया