२०८० असोज ७ गते | 24th of September 2023

यस कारण खेल्न थालियो देउसी भैलो

यस कारण खेल्न थालियो देउसी भैलो
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १९ गते १०:४१

पुष्कर खतिवडा, काठमाडौं । परापूर्व कालदेखि खेल्दै, रमाइलो गर्दै आइएको देउसी भैलोलाई यसक पटक प्रतिकुल परिस्थितिका कारण भन्दै सरकारले राति ९ बजेपछि खेल्न प्रतिबन्ध लगाएको छ ।

तिहारको बेला खेलिने देउसीभैलौको विशेष महत्व छ । यसको केवल धार्मीक, सास्कृतीक महत्व मात्र नभई सामाजिक महत्व समेत रहेको संस्कृतीविद् बताउँछन् ।

तिहारमा समुहमा मिलेर गाइने गीत हो, देउसी भैलो । यो नेपालको पुरानो संस्कृति हो । विशेषगरी रातको समयमा देउसी भैलो खेल्ने गरीन्छ ।

परापूर्व कालदेखि खेल्दै, रमाइलो गर्दै आइएको देउसी भैलोको धार्मीक, सास्कृतीक महत्व मात्र नभई सामाजिक महत्व पनि छ । महिलाहरु छुट्टै समुह बनाएर लक्ष्मिपूजाका दिनबाट भैलो खेल्छन् भने गोरु तिहारको दिनबाट पुरुषहरू छिमेकीको घरघर गई देउसी खेल्छन् ।

पछिल्लो समय महिला पुरुष एकै साथ युवा र केटाकेटी, प्रौढ र पाका उमेरका सबै संगै देउसी भैलो खेल्ने गर्दछन् ।

देउसीमा टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरूले देउसीरे घन्काउँदै सामूहिक रूपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो ।

नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ ।

त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

यस पटक भने प्रतिकुल परिस्थितिका कारण भन्दै सरकारले राति ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।

सुरक्षा र कोरोना संक्रमण बढ्ने भन्दै काठमाडौँमा राति ९ बजेबाट देउसीभैलो खेल्न रोक लगाइएको छ । यो निर्णयलाई सर्वसाधरण के भन्छन् त ?

चाडपर्वले मानिसमा हर्ष, उल्लाससहित बेग्लै रौनकता ल्याउँछ । यस्तोमा नेपाली समाजमा तिहार भिन्न खुसी र सुख प्रदान गर्ने विशेष चाड बनेको छ ।

तर बदलिँदो जीवनशैलीसँगै चाडपर्व भड्किलो हुन जाँदा यसमा सावधानी अपनाउन पनि आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *