काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दीपावली मनाउँदै एकताका लागि कामना गरेका छन् ।
राष्ट्रपति बाइडेनले प्रथम महिला डा. जिल बाइडेनसहित ह्वाइट हाउसमा दीपावली मनाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर शुभकामना दिएका छन् ।
उनले अमेरिका र विश्वभर रहेका दीपाली मनाउने हिन्दू, शिख, जैन र बुद्धिस्ट समुदायलाई दीपावलीको शुभकामना दिएका हुन् ।
दीपावलीको उज्यालोले अँध्यारोमात्रै नभइ ज्ञान, बुद्धि र सत्य रहेको तथा विभाजन नभइ एकता र निराशा मात्रै नभएर आश पनि रहेको स्मरण गराओस् भन्ने कामना गरेका छन् ।
प्रतिक्रिया