२०८० मंसिर १८ गते | 4th of December 2023

बागमती प्रदेशका मुुख्यमन्त्री पाण्डेले गरे ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’को अवलोकन

बागमती प्रदेशका मुुख्यमन्त्री पाण्डेले गरे ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’को अवलोकन
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १९ गते १२:२६

काठमाडौं । बागमती प्रदेशका मुुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चन्द्रागिरि नगरपालिका वडा नं १२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’को
अवलोकन गरेका छन् ।
मुुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’को अवलोकन गरेका हुन् ।

यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङले यातायातको साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ ।

नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न दाबी गरिएको सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

पछिल्लो समय कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुँदै आएको छ ।

मुख्यमन्त्री पाण्डेले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले हाल गरिएको सेवाको उच्च प्रशंसा गर्दै प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने आवश्वासन दिए ।

सो अवसरमा प्रदेशसभा सदस्य रमा आले मगरको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *