२०८० मंसिर १९ गते | 5th of December 2023

थप १ सय ४३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

५६३ जना सङ्क्रमणमुक्त

थप १ सय ४३ जनामा कोरोना पुष्टि,  ९ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २१ गते ११:३६

पछिल्लो २४ घण्टामा १ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । भने ९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

५६३ जना सङ्क्रमणमुक्त भएका छन् ।

२ हजार ३३३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४१ र एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हाल देशभर ७ हजार ७१३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९५ हजार ३९७ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ११ हजार ४४८ रहेको छ ।

खोप अभियान सुरु भएदेखि अहिलेसम्म कूल १ करोड ६१ लाख ७१ हजार ३२९ मात्रा खोप लगाइसकिएको छ ।

पूर्ण मात्रा खोप लगाउनेमा ७४ लाख ३४ हजार ७९७ जना रहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *