काठमाडौं । नेपाली काँग्रेसले कात्तिक २८ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
सो पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरेको हो ।
काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले अर्को साताको आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।
बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ ।
प्रतिक्रिया