२०८० मंसिर १९ गते | 5th of December 2023

छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु

छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २१ गते १२:४७

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाईने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको छ ।

विशेषगरी तराईमा जिल्लाहरुमा मनाईने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रहरुमा समेत मनाउन थालिएको छ ।

यसै अवसर पारेर गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भईरहेको छ । छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो ।

काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पर्व नमनाईने भएको छ । निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा छठ पर्व यस वर्ष मनाईने छैन ।

तर गहना पोखरी, नाग पोखरी, बागमती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ थालिएको छ ।

त्यसैगरी पहाडि जिल्लाहरुका कतिपय नदी, किनारा र पोखरीहरुमा पनि यो पर्व मनाउने गरि तयारी थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *