२०८० मंसिर १५ गते | 1st of December 2023

सल्यानमा बस दुर्घटनामा परी मृत्यु हुने १० जनाको सनाखत

सल्यानमा बस दुर्घटनामा परी मृत्यु हुने १० जनाको सनाखत
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २१ गते १३:४२

काठमाडौं । सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ ।

आइतबार बिहान दुर्घटनामा परी १२ जनाको मृत्यु भइसकेको सल्यान प्रहरीले जनाएको छ ।

सनाखत हुनेमा सल्यान शारदा नगारपालिका–१२ हाल दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ का ६१ वर्षीया मीना डाँगी, ३ का ६६ वर्षीया लीला बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मृत्यु हुनेमा शान्नि त्रिवेणी नगपालिका–१ काभ्राका २४ वर्षीया मीना शाही, बबई गाउँपालिका–४ दाङका ६० वर्षीया डुली देउले, बबई गाउँपालिका–६ का पन्चकुलेकी ७० वर्षीया कलावती बुढा, घोराही उपमहानगरपालिका नारायणपुरकी–६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी गाउँपालिका–२ का तिलक ओली रहेका छन् ।

दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी नायव उपरिक्षक गोविन्द थापाले जानकारी दिएका छन् ।

३१ जना सवार बसमा १२ मध्ये बाँकी सबै घाइते रहेका छन् ।

गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

बस चालक भने फरार छन् । फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *