२०८० मंसिर १८ गते | 4th of December 2023

ओलीको चियापान कार्यक्रममा एस भने नजाने

ओलीको चियापान कार्यक्रममा एस भने नजाने
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २२ गते ८:०५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिउँसो विराटनगर पुगेका छन् ।

बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न ओली विराटनगर आएका हुन् ।

ओली सहभागी हुने कार्यक्रमका लागि विराटनगर आसपासबाट एमालेका सयौँ कार्यकर्तालाई विराटनगर ल्याइएको छ ।

कार्यक्रममा ओलीसँगै प्रदेश र केन्द्रका अन्य नेता पनि सहभागी हुने बताइएको छ ।

अध्यक्ष ओली आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

कार्यक्रमलाई सम्बोधन गरेपछि ओलीले कार्यकर्तासँग भेटघाट गर्ने एमाले प्रदेश १ का सचिव विनोद ढकालले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भने नजाने भएको छ ।

ओली सहभागी हुने कार्यक्रममा आफ्नो पार्टीको सहभागिता नरहने नेकपा (एकीकृत समाजवादी) मोरङका प्रवक्ता ओसिम आलमले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *