२०८० असोज ५ गते | 22nd of September 2023

मूख्यमन्त्री पाण्डेले विश्वासको मत लिदै

मूख्यमन्त्री पाण्डेले विश्वासको मत लिदै
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २२ गते ८:४६

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने भएका छन् ।

अहिले केहिवेरमा बस्ने प्रदेशसभा बैठकमा मूख्यमन्त्री पाण्डेले विश्वासको मत लिने भएका हुन् ।

कार्तिक ११ गते सपथग्रहण गरेका पाण्डेले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन कार्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

विश्वासको मत लिन मत विभाजनका लागि यसअघि नै कार्यविधि तयार भईसकेको छ ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेपछि छलफल हुने र छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि मत विभाजनको प्रक्रिया अघि बढ्नेछ ।

प्रदेशसभाको समिकरण अनुसार मूख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्ने अवस्था छ ।

विश्वासको मत हासिल गर्न ५५ मत आवश्यक पर्नेमा सत्तागठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रसंग २३, नेपाली कांग्रेससंग २२, नेकपा एकीकृत समाजवादीसंग १३ जना र जसपासंग १ जना गरी पाण्डेको पक्षमा ५९ जना सांसद छन् भने विपक्षी नेकपा एमालेसंग ४३ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *