२०८० मंसिर १८ गते | 4th of December 2023

भ्रष्टाचार नियन्त्रण गर्नु मेरो प्रमुख प्राथमिकता होः मुख्यमन्त्री पाण्डे

भ्रष्टाचार नियन्त्रण गर्नु मेरो प्रमुख प्राथमिकता होः मुख्यमन्त्री पाण्डे
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २२ गते ११:०४

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले यस्तो बताएका हुन् ।

प्रदेशको हैसियत माथि उठाउन, प्रदेशसभा सदस्यहरुको स्वाभिमान बढाउन आफूले ध्यान दिने पनि बताए ।

उनलाई सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्न अनुमति दिएसँगै संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेको जनाए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेलाई नेकपा एकीकृत समाजवादी पार्टीका अतिरिक्त नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले समर्थन जनाएका कारण प्रदेशसभामा उनले सहजै विश्वासको मत हासिल गर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *