२०८० असोज ७ गते | 24th of September 2023

राजीनामाको माग गर्दै कार्यकारी निर्देशको कार्यकक्षमा कर्मचारीद्वारा तालाबन्दी

राजीनामाको माग गर्दै कार्यकारी निर्देशको कार्यकक्षमा कर्मचारीद्वारा तालाबन्दी
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २२ गते १२:०२

काठमाडौं । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्ले कार्यकारी निर्देशकको राजीनामाको माग गर्दै तालाबन्दी गरेको छ ।

आज ललितपुरको जावलाखेलस्थित परिषद्मा कर्मचारीहरुले कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको राजीनामाको माग गर्दै कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

कर्मचारीहरुले राष्ट्रिय स्तरको तालिम केन्द्रमा कार्यरत कर्मचारीहरुको अवस्था, कर्मचारीको सम्मानजनक व्यवस्थापन, संस्थाको संस्थागत सुदृढीकरण नभएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।

उनीहरुले कार्यकारी निर्देशकलाई बारम्बार यस विषयमा अवगत गराए पनि चासो नदिएको आरोप समेत लगाए ।

कर्र्मचारीहरुले २२ सूत्रीय माग राखेर कार्यकारी निर्देशकसँग छलफल गरे पनि माग अनुसारको सम्बोधन नभएको बताएका छन् ।

कर्मचारीहरुले कार्यकारी निर्देशकले कर्मचारीको क्षमता र विश्वास गुमाइसकेकोले राजीनमा दिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *