२०८० असोज ५ गते | 22nd of September 2023

उर्जा क्षेत्रमा नेपालले नयाँ युग सुरु

उर्जा क्षेत्रमा नेपालले नयाँ युग सुरु
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २३ गते ९:०८

जिबन रानाभाट, काठमाडौं । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो तीन महिनामा नेपालले विद्युत आयातको तुलनामा निर्यात बढी गरेको देखिएको छ ।

कुनै समय १८ घण्टा सम्म लोडसेडिङ्ग हुँदै आएको नेपालमा अहिले बढी भएको बिजुली भारत निर्यात हुन थालेको छ ।

आयात भन्दा निर्यात बढी भएसंगै उर्जा क्षेत्रमा नेपालले नयाँ युग सुरु गरेको कतिपयको बुझाइ छ ।

कुनै समय थियो नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ्ग हुने गर्दथ्यो ।

तर अहिले समय फरक छ बर्षेनी अरबौंको घाटा बेहोर्दै आएको नेपाल बिद्युत प्राधिकरण पछिल्लो बर्ष अरबौ नाफा कमाउदै सरकारलाइ कर बुझाउने संस्थाको अग्र स्थानमा छ ।

२०७३ सालको लक्ष्मी पूजाको दिनदेखि नेपालमा लोडसेडिङ्गको अघोषित अन्त्य भयो । अहिले नेपालका बिजुलीको कथा बिल्कुल फेरिएको छ ।

यो पाँच वर्षमा मुलुक लोडसेडिङको भयावह अवस्थाबाट इनर्जी स्पिल अर्थात विजुली खेर जानुको चुनौतीपूर्ण तथा भारत बिजुली निर्यातको सुरुआत भएको गौरवपूर्ण अवस्थामा आइपुगेको छ ।

अहिले नेपालले भारतलाइ दैनिक ३९ मेगावाट बिजुली बेच्न थालेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो तीन महिनामा १ लाख २१ हजार ९ सय मेगावाट विद्युत् बिहारमा निर्यात भएको छ ।

यो अवधिमा नेपालले भारतबाट १ लाख ११ हजार ६ सय मेगावाट विद्युत आयात गरेको छ ।

यतिखेर केन्द्रीय प्रसारण लाइनमा झन्डै २ हजार मेगावाटको जडित क्षमता भएपनि माग १५ सय मेगावाटभन्दा केही बढी रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

आपूर्ति र मागको कुशल व्यवस्थापनबाटै लोडसेडिङ अन्त्य भएको थियो ।

भारतले अहिले दैनिक ३९ मेगावाट बिजुली निर्यात गरिरहेपनि नेपालले अरु ५७० मेगावाट बिजुली पनि निर्यातका लागि भारतसँग अनुमति कुरिरहेको छ ।

प्राधिकरणका अनुसार नेपालमा अहिले रातमा उत्पादित करिब ५ सय मेगावाट बिजुली खेर गइरहेको छ भने दिनमा पनि खेर गइरहेको बिजुलीको परिमाण २ सय मेगावाट छ ।

यसैवर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सकिएपछि विजुली पर्याप्त भएको हो ।

नेपालका अन्य सरकारी सस्था बर्षौ देखि घाटामा चलिरहेका छन् ।

इच्छा शक्ति हुने हो भने नेपाली बिद्युत प्राधिकरण झैँ सस्थालाई नाफामा लैजान धेरै समय कुर्नु पर्ने थिएन ।

नेपालमा धेरै भएको बिजुली भारत निर्यात भएसंगै नेपालमा उर्जा क्षेत्रमा नयाँ युग सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *