२०८० असोज १३ गते | 30th of September 2023

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका फेरिए प्रदेश प्रमुख

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका फेरिए प्रदेश प्रमुख
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २३ गते ९:४१

काठमाडौं । सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको बालुवाटार स्रोतले बताएको छ ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

प्रदेश प्रमुखमा तीन दलले भागबन्डा गरेका छन् ।

प्रदेश १ मा जनता समाजवादी पार्टी, कर्णालीमा माओवादी केन्द्र र सुदूरपश्चिम प्रदेशमा कांग्रेसले पाएको छ । परियार माओवादीको कोटाबाट यसअघि नै प्रदेश २ को प्रदेश प्रमुख भइसकेका हुन् ।

राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखहरुलाई शपथ खुवाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *