लाखौ खर्चेर जडान गरिएका सोलार बत्तिको निगरानी र मर्मत सम्भारमा अभाव

शंकर पहाडी, सर्लाही । लाखौँको लगानीमा जडान गरिएका लालबन्दी नगरपालिकाका विभिन्न स्थानका सोलार बत्ति बिग्रिन थालेका छन् ।
उचित निगरानी र मर्मत सम्भारको अभावमा सोलारबत्तिले काम गर्न छाडेका हुन् । सोलार बत्तिको मर्मत सम्भार गर्न स्थानीयले जनप्रतिनिधिलाई खबरदारी गरेका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न स्थानमा जडान गरिएका सोलार बत्ति बिग्रन थालेका छन् ।
लाखौँ रुपैयाँ खर्चिएर जडान गरिएका सोलार बत्तिको उचित मर्मत सम्भार नहुँदा अहिले काम गर्न छाडेका छन् ।
लालबन्दीको वडा नम्बर ५, ६ र ७ को बजार क्षेत्रमा ४९ वटा सोलार बत्ति जडान गरिए पनि अहिले धेरैले काम नगरेको स्थानीयले गुनासो गरे ।
जडित बत्तिको लामो समयदेखि मर्मत नहुँदा अहिले उपयोग बिहीन बन्दै गएका छन् ।
लाखौ रुपैयाँ खर्चिएर जडान गरिएका बत्ति थोरै मात्र मर्मत रकमले बन्ने भए पनि सरोकारवाला निकायले कुनै चासो राखेको छैन ।
सोलार बत्ति बिग्रिँदा पनि किन नगरको ध्यान मर्मत गर्नेतिर नगएको हो ?
लालबन्दी नगरपालिकाका विभिन्न वडाहरुमा जडान गरिएका सोलार बत्तीहरु समयमै मर्मत सम्भार नहुँदा अलपत्र परेका हुन ।
लाखौँ रकम खर्च गरेर जडान गरिएका सोलार बक्ति वेवारिसे हुँदा समेत स्थानिय सरकारको ध्यान दिएको छैन ।
लाखौ खर्चिएर जडान गरिएका संरचनाको उचित मर्मत सम्भार गर्न सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया