२०८० मंसिर १५ गते | 1st of December 2023

थप ५३३ जनामा कोरोना पुष्टि, १ जना मृत्यु

४८४ जना संक्रमणमुक्त

थप ५३३ जनामा कोरोना पुष्टि, १ जना मृत्यु
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २३ गते ११:२१

काठमाडौं । पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने १ जना मृत्यु भएको छ ।

४८४ जना संक्रमणमुक्त भएका छन् ।

कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना रहेका छन् । ७ लाख ९६ हजार ३०६ जना निको भएका छन् भने ज्यान गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ ।

यसैबीच हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९२६ जना पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *