२०८० असोज १३ गते | 30th of September 2023

उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सकियो

उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सकियो
;"o{nfO{ c3{ ck{0f jL/uGhsf] 3l8cjf{ kf]v/Ldf laxLaf/ c:tfpFbf] ;"o{nfO{ c3{ ck{0f ub}{ a|tfn' dlxnfx? . tl:a/ M ljhos'df/ dxtf], k;f{, /f;;
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २५ गते २:२५

काठमाडौं । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर सकिएको छ ।

परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व आज बिहीबार बिहान सम्पन्न सम्पन्न भएको हो ।

छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।

पहिले सहर गाउँका मुख्य मुख्य पोखरी, तलाउ, नदीमा मात्र मनाइने छठ पूजा यसपालि टोलटोल गाउँगाउँका हरेक पोखरी तलाउ नदीमा पनि मनाइएको छ ।
छठ पर्वमा बालबालिकादेखि जेष्ठ नागरिकसम्म सहभागी हुने गरेका छन् ।

मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दो छ ।

दिनानुदिन छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन ।

यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *