२०८० असोज ५ गते | 22nd of September 2023

संकटा क्लबलाई यु क्यानले १० लाख रुपैयाँको स्पोर्ट्स किट्स प्रायोजन गर्ने

संकटा क्लबलाई यु क्यानले १० लाख रुपैयाँको स्पोर्ट्स किट्स प्रायोजन गर्ने
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २६ गते १३:२१

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग क्लब संकटा क्लब र यु क्यानबीच स्पोर्ट्स किट्स प्रायोजन सम्बधमा आज सम्झौता भएको छ ।

सहिद स्मारक ए डिभिजन क्लब संकटाले आज एक कार्यक्रमको आयोजना गरी यु क्यानसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता भएसँगै यु क्यानले क्लबलाई १० लाख रुपैयाँ बराबरको स्पोट्स किट्स प्रदान गर्ने छ ।

यु क्यानका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र महर्जनले फुटबल प्रतिको लगावकै कारण क्लबहरुलाई प्रयोजन गरेको बताए ।

त्यस्तै हिमालयन बैंक लिमिटेड संकटाको सह–प्रायोजकको रुपमा जोडिएको छ । संकटालाई बैंकले एक सिजनका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए ।

त्यस्तै अध्यक्ष तुलाधरले मुख्य प्रायोजकका लागि छलफल भइरहेको र एक दुई दिनमै टुंगो लाग्ने बताए ।

सोही कार्यक्रममा रवि शिलवालको कप्तानीमा क्लबले २२ सदस्यीय टोली पनि सार्वजनिक गरेको छ । जस मध्ये तीन अफ्रिकन तथा एक भारतीय खेलाडी समावेस छन् ।

सहिद स्मारक ए डिभिजन लिग मंसिर ३ गतेबाट आयोजना हुँदैछ । जसमा १४ क्लबले लिगमा प्रतिस्पर्धा गर्दैछन् ।

नयाँ सिजनको लिग मंसिर ३ गते दरशथ रंगशालामा उद्घाटन हुने तालिका छ । जहाँ यसै सिजनमा बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेल हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *