२०८० मंसिर १९ गते | 5th of December 2023

जनकपुरधाममा निषेधाज्ञा आदेश जारी

जनकपुरधाममा निषेधाज्ञा आदेश जारी
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २७ गते ११:४९

जनकपुरधाम । स्थानीय प्रशासनले जनकपुरधाममा निषेधाज्ञा आदेश जारी गरेको छ ।

जनकपुरधाम उप–महानगरपालिका– २० २० रुपैठामा शनिबार दिउँसो २ बजेदेखि आइतबार राति ११ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको हो ।

सम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस, हुलहुज्जत भएको भन्दै स्थानीय प्रशासनले जनकपुरधाममा निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।

रुपैठामा छठकै दिनदेखि तनाव शुरु भएको थियो । एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ ।

उनका अनुसार पूर्वमा जलाद नदीको कल्ली बाँध, पश्चिममा जनकपुर जटही मार्गको दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्बा जाने बाटो र दक्षिणमा देबपुरा निमचौकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ ।

उक्त ठाउँमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ अनुसार भेला, जुलुस, प्रदर्शन, घेराउ, ¥याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।

आदेश उल्लंघन गर्ने जोसुकैलाई प्रहरीले कानुन बमोजिम कार्वाही गर्न सक्ने आदेशमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *