काठमाडौं । योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण स्याङ्जा जाने भएका छन् ।
आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु स्याङ्जा जाने आचार्य वालकृष्णका भाइ डा. पवमान सुवेदीले जानकारी दिए ।
स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यबत्ती) कार्यक्रममा सहभागी हुन उनीहरु यहाँ आउन लागेको सुवेदीले बताए ।
प्रतिक्रिया